व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जाने टेलिकम कर्मचारीहरुको चेतावनी

व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जाने टेलिकम कर्मचारीहरुको चेतावनी

केन्द्रबिन्दु
0
Shares

आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीहरुले आफूहरुको माग तत्काल सम्बोधन नभए टेलिकम व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । 

आफूहरुको सबै सेवा, सुविधा कटौती हुने गरी गत साउन १ गतेबाट जारी गरिएको विनियमावली तत्काल फिर्ता लिन दवाव दिँदै आएका टेलिकमका कर्मचारीहरुले अव पनि सम्बोधन नभए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् । 

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादवप्रसाद पनेरीकाअनुसार कम्पनी संचालक समिति र व्यवस्थापनले आफू अनुकूल ४ हजारभन्दा बढी कर्मचारी प्रतिकूल हुने गरी विनियमावली ल्याएकाले त्यसको विरोधमा केन्द्रिय कार्यालय परिसरमा जारी अनसनलाई निरन्तरता दिन बाध्य हुनु परेको हो ।

टेलिकम कर्मचारीहरुले गत साउन ५ गतेदेखि केन्द्रिय कार्यालयमा धर्नासहितका विरोध कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । 

Logo