अन्ततः नेकपा एमाले विभाजन हुने निश्चित भएको छ।
सरकारले सोमबार मध्यराति हठातमा संसद् अधिवेशन अन्त्य गरेर दल विभाजन अध्यादेश ल्याउने भएसँगै एमाले फुट निश्चित भएको हो।
कांग्रेस नेता सञ्जय गौतम अध्यादेश ल्यउन अधिवेशन अन्त्य भएको स्वीकार गर्छन्।
स्रोतका अनुसार ल्याउन लागिएको दल विभाजन अध्यादेशमा ४० प्रतिशत सांसद र केन्द्रीय कमिटीको बदलामा ३० प्रतिशत मध्ये एक हुने छ।
अध्यादेशपछि ३० प्रतिशत केन्द्रीय कमिटी वा संसदीय दलमा पुर्याए नयाँ पार्टी गठन गर्न सकिने छ।
एमाले फुट निश्चित भएपछि को नेता कता रहन्छन् भन्ने आम चासो छ।
चासो नहोस् पनि त कसरी? एमाले संस्थापन पक्षमा खुलेका पाँचजना पनि आफ्नो पक्षमा आउने अनुमान माधव पक्षले गरेको छ।
तर, आजसम्म माधव पक्षमा खुलेका सात जना भने संस्थापन पक्षमा आउने संस्थापन पक्षको विश्वास छ।
स्रोतले ३ साउनमा विश्वासको मत नदिएर तटस्थ बसेका १० मध्येबाट घनश्याम भुसाल, सोमप्रसाद पाण्डे र यज्ञराज सुनुवारबाहेक अन्य सबै नेता संस्थापन पक्षमा खुल्ने दाबी गर्यो।
त्यस्तै, माधव पक्षमा खुलेका एक नेताले ओली पक्षका पाँच जना नेता आउने दाबी गरे। तथापि, ती नेताले अहिले नाम भन्न नमिल्ने भने।
यता, संसद् अधिवेशन अन्त्य भएसँगै संस्थापन पक्षका शीर्ष नेताहरू अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा साँझ छलफलमा जुटेका थिए।
अब कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको ओलीपक्षीय एक नेताले केन्द्रबिन्दुसँग बताए।
त्यस्तो के निष्कर्ष निक्लियो त भरेर प्रश्न गर्दा, ‘अब अध्यादेश आउने नै भयो, माधव पक्षमा खुलेका २२ जना नफर्किने नै भए, अब तटस्तथ बसेका १० र वरिष्ठ नेता झलनाथ खनाल, भीम आचार्य, अष्टलक्षी शाक्य, बामदेव गौतम लगायतलाई कसरी रोक्न सकिन्छ भनेर छलफल भएको ती नेता बताउँछन्।
यता पार्टी उपाध्यक्ष बामदेव गौतम पनि नेपाल पक्षमा खुल्ने तयारी रहेको स्रोतको दाबी छ।































प्रतिक्रिया