एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने जनाएको छ।
छनोटको समूह एफमा रहेको नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ मा हुनेछ। यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त खेल सेप्टेम्बर २१ मा हुनेछ।
यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ मा हुनेछ। छनोटका सबै खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछन्। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।
एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ। छनोटका लागि नेपालले तयारी गरिरहेको छ। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बन्द प्रशिक्षणमा २८ खेलाडी राखेका छन्।
बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुमा एन्जिला सुब्बा, अन्जना राना मगर, रेनुका नगरकोटी, सरु लिम्बु, प्रिती राई, सबिता राना, उषा नाथ, अमिशा कार्की, अनिता केसी, अन्जली वाइबा, अमृता जैशी, अनिता बस्नेत, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना, हिमा चौधरी, हिरा भुजेल, इन्द्र राई, मनिषा राउत, मन्जली थोकर, सिर्जना सिंह, निशा थोकर, पूजा राना, पुनम जर्गा मगर, रजनी थोकर, रश्मी घिसिङ, शर्मिला थापा रहेका छन्।































प्रतिक्रिया