नेपाल तेक्वान्दो संघले टोकियो पारालिम्पिकमा सहभागी हुने नेपाली टोलीलाई बिदाई गरेको छ । सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै संघले पारालिम्पिक टोलीलाई बिदाइ गरेको हो ।
पारालिम्पिक टोली शुक्रबार जापान प्रस्थान गर्ने छन् । पारालिम्पिकमा १ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली जापान जाने छन् । अगष्ट २४ तारिखदेखि सुरु हुने पारालिम्पिकमा नेपालबाट पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले प्रतिस्पर्धा गर्दैछिन् ।
पलेशाले के ४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । पारालिम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, सरोज श्रेष्ठ सेफ दि मिसन, डा. दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी हुँदैछन् ।
बिदाइको अवसरमा ललितपुर धापाखेलस्थित नागदह तेक्वान्दो डोजाङका पदाधिकारी र प्रशिक्षकले पलेशाको सफलताको कामनासहित प्रोत्साहनस्वरुप २५ हजार प्रदान गरेका थिए ।





























प्रतिक्रिया