मेलम्चीका बाढी प्रभावितलाई स्वास्थ्य सामग्री वितरण

मेलम्चीका बाढी प्रभावितलाई स्वास्थ्य सामग्री वितरण

केन्द्रबिन्दु
0
Shares

यस वर्षको मनसुन शुरुआतसँगै आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकका विभिन्न पालिकाका बासिन्दालाई औषधि तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ। सात शिखर आरोही महिलाको संस्था ग्लोबल इन्क्लुशिभ एडभेन्चर अर्गनाइजेशनको समन्वयमा ‘एक एक पाइला’ नामक संस्थाले जिल्लाका तीन पालिकालाई स्वास्थ्य सामग्री वितरण गरेको हो। 
    
सिन्धुपाल्चोक उद्धार कार्यक्रमअन्तर्गत मेलम्ची नगरपालिका तथा हेलम्बु र पाँचपोखरी गाउँपालिकाका ५०० घरपरिवारलाई लक्षित गरी स्वास्थ्य सामग्री र औषधि वितरण गरिएको हो। फाउण्डशेनका अध्यक्ष डा सुमन शम्शेर थापाले ती सामग्री हस्तान्तरण गर्दै बाढी र पहिराेबाट प्रभावित जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य सामग्री तथा औषधि वितरण गरिएको बताए। 

उनले राजधानीमा बसोबास गर्ने शहरी गरिबलाई लक्षित गरी थापाथलीमा सामुदायिक अस्पताल सञ्चालन गरिएको र निकट भविष्यमा जाजरकोटमा पनि अस्पताल स्थापना गर्न लागिएको जानकारी दिए। 

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

पाँचपोखरी थाङ्पाल गाउँपालिका– ३ भोताङकी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

दुई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थ्यचौकीबाट सुत्केरी गराउन नसकेपछि हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको वडा नं ३ का अध्यक्ष ङिमा छिरिङ तामाङले बताए। 

पाठेघरको मुख पूरै खुलिसक्दा पनि सुत्केरी हुन नसेकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको स्वास्थ्यचौकी प्रमुख मिखायलले जानकारी दिए। सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी महिलाका लागि हेलिकप्टरमार्फत उद्धार उहाँलाई उद्धार गरिएको हो।

अविरल वर्षाले सडकमा पनि क्षति पुर्याएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ। सिन्धुपाल्चोकका हेलम्बु, पाँचपोखरी र जुगल गाउँपालिका राष्ट्रपति महिला उत्थान कार्यक्रममा छन्।रासस

Skip This
Skip This
Logo