काठमाडौँ उपत्यकामा आज ५६६ जनामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा आज ५६६ जनामा संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ उपत्यकामा आज ५६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज काठमाडौँमा ३९५, भक्तपुरमा ६१ जना र ललितपुरमा ११० जना कोरोना संक्रमित थपिएका हुन्।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २४८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ।

नेपालमा आज १ हजार ९२० जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २१८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ४७ हजार ४३३ जना र एन्टीजेन परीक्षणबाट ८० हजार २०९ जना पुगेको छ। 

आज २४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ।

आज १२ हजार ५१६ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३८ लाख ३० हजार ६९१ जनाको पिसिआर र ४ लाख ३२ हजार ५५५ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo