जर्मन बुन्डेसलिगामा बायर्नको जित

जर्मन बुन्डेसलिगामा बायर्नको जित

केन्द्रबिन्दु
0
Shares

जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले पहिलो जित निकालेको छ ।

आइतबार राति एफसी कोल्नलाई ३-२ गोल अन्तरले पराजित गर्दै बायर्नले पहिलो जित निकालेको हो ।

एलिनाज स्टेडियममा भएकाे खेलकाे ५० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।

५९ औं मिनेटमा जिनाब्रीले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए । खेलको ६० औं मिनेटमा एन्थोनीले गोल गर्दै कोल्नलाई २-१ को स्थितिमा ल्याए । ६२ औं मिनेटमा मार्कले गोल गर्दै कोल्नलाई २-२ गोलको बराबरीमा ल्याए ।

तर, खेलको ७१ औं मिनेटमा जिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-२ को जित दिलाए । जितसँगै बायर्नले २ खेलमा ४ अंक जोडेको छ । कोल्नको यो पहिलो हार हो । कोल्नले २ खेलमा ३ अंक जोडेको छ ।

Skip This
Skip This
Logo