काठमाडौं उपत्यकामा आज ७०८ कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमितमध्ये काठमाडौंमा ४४१, भक्तपुरमा १०० र ललितपुरमा १६७ संक्रमित थपिएका हुन्।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९२४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९७ पुगेको छ।
नेपालमा आज १ हजार ८०१ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २५३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ रहेको छ।
यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ४८ हजार ९८१ जना र एन्टीजेन परीक्षणबाट ८० हजार ४६२ जना पुगेको छ।
आज २४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ।
आज ११ हजार ३२६ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३८ लाख ३९ हजार ३९५ जनाको पिसिआर र ४ लाख ३५ हजार १७७ जनाको एन्टीजेन परीक्षण गरिएको छ।





























प्रतिक्रिया