काठमाडौंको फोहोर उठाउन नसकेपछि मेयर शाक्यले गुहारे देउवा

काठमाडौंको फोहोर उठाउन नसकेपछि मेयर शाक्यले गुहारे देउवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या आउन थालेपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार बञ्चरेडाँडा ल्यान्डफिल साइट र सो साइटसम्म पुग्ने बाटो तत्काल बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएका छन् ।

शहरी विकास विभाग, सडक विभाग र सरोकारवाला निकायसँग पटक पटक कुराकानी गर्दा समेत समस्या समाधान हुन नसकेपछि प्रधानमन्त्री देउवाकै ध्यानाकर्षण गराउन मेयर शाक्यले पत्र पठाएका हुन् ।

पत्रमा लेखिएको छ , वञ्चरेडाँडा ल्यान्डफिल साइट हालसम्म पनि निर्माण सम्पन्न नभएको र सो साइटमा जाने बाटो समेत निर्माण हुन नसकेको कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा तत्काल ल्यान्डफिल साइट र बाटो निर्माण सम्पन्न गरी उपत्यकाको फोहोरमैला व्यवस्थापन सहजताका साथ आवश्यक कारबाही अगाडि बढाउन अनुरोध गर्दछु ।

मेयर शाक्यले भने, ‘उपत्यकाको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या आउन थालेपछि सरकार प्रमुखको हैसियतमा प्रम देउवालाई पत्र लेखेको हुँ ।’ पत्रमा दुई वर्षका लागि निर्माण गरेको सिसडोल ल्यान्डफिल साइटमा १६ वर्षसम्म फोहोरको अन्तिम विसर्जन गरिरहेको र अब उक्त स्थानमा फोहोर व्यवस्थापन गर्न सम्भव नभएको उल्लेख छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ । 

Skip This
Skip This
Logo