रस्साकस्सीपछि खनालको हस्ताक्षर प्रमाणीकरण, २०५ मध्ये माधव समूहमा ५५ केन्द्रीय सदस्य

रस्साकस्सीपछि खनालको हस्ताक्षर प्रमाणीकरण, २०५ मध्ये माधव समूहमा ५५ केन्द्रीय सदस्य

केन्द्रबिन्दु
0
Shares

सशरीर उपस्थित नभएमा हस्ताक्षर प्रमाणीकरण नहुने पूर्ववत अडानवाट निर्वाचन आयोगपछि हट्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले अन्ततः ५५ केन्द्रीय हस्ताक्षर प्रमाणीकरण गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको छ।

दिल्लीमा उपचाररत् वरिष्ठ नेता झलनाथ खनालले नयाँ दिल्लीस्थित नेपाली दूतावासवाट मञ्जुरीनामा पठाए पनि नमान्ने अडान राखिरहेको आयोगले अन्ततः मञ्जुरीनामालाई स्वीकार गर्दै उनको हस्ताक्षर प्रमाणीकरण गरिदिएको हो।

खनालको हस्ताक्षर प्रमाणीकरणसँगै माधव नेपाल समूहमा नेकपा एमालेका दुई सय तीनमध्ये नेपाल समूहमा ५५ जना औपचारिक रुपमा खुलेका छन्। एमाले परित्याग गरेर माधव समूहमा लागे पनि सोमप्रसाद पाण्डे र माया ज्ञवालीको भने हस्ताक्षर प्रमाणीकरण हुन सकेन।

सुरुमा नै माधव समूहवाट आयोगलाई हस्ताक्षर बुझाएका केन्द्रीय सदस्य भाष्कर काफ्ले भने निर्वाचन आयोगमा नै पुगेनन्। उनीसँग सम्पर्क गर्न खोज्दा मोबाइल स्वीच अफ छ।न्युज कारखानाबाट

Skip This
Skip This
Logo