वामदेव गौतम ‘पर्ख र हेर’ को अवस्थामा, एमाले बैठकमा नजाने

वामदेव गौतम ‘पर्ख र हेर’ को अवस्थामा, एमाले बैठकमा नजाने

केन्द्रबिन्दु
0
Shares

एमालेको केन्द्रीय समिति बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम सहभागी नहुने भएका छन्। पार्टी विभाजनपछि पहिलोपटक बिहीबार बस्न लागेको केन्द्रीय समिति बैठकमा गौतम सहभागी नहुने भएका हुन्। उनी यसअघि बोलाइएको स्थायी कमिटी बैठकमा समेत उपस्थित भएका थिएनन्।

एमालेबाट अलग भएर वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ता गरिसकेका छन्। गौतमले माधव नेतृत्वको नयाँ दलमा पनि गएका छैनन्।

साविक नेकपा हुँदै एमालेको आन्तरिक शक्ति संघर्षमा कहिले नेपाल समूहमा त कहिले संस्थापन ओली समूहमा देखिँदै आएका नेता गौतम एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँगको छलफलपछि आफ्नो बाटो तय गर्न मनस्थितिमा देखिएका छन्। त्यसैले उनी अझै केही दिन ‘पर्ख र हेर’ को मनस्थितिमा छन्।न्युज कारखानाबाट

Skip This
Skip This
Logo