प्रदेश १ मा माधवलाई छाडेका साम्सोहाङ र तिवारी बने मन्त्री

प्रदेश १ मा माधवलाई छाडेका साम्सोहाङ र तिवारी बने मन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन्। विस्तार गरेको मन्त्रिपरिषदमा तेह्रथुमका सांसद लछुमन तिवारी र ताप्लेजुङका सांसद बलबहादुर साम्सोहाङ समावेश छन्।

मुख्यमन्त्री आचार्यका प्रेस संयोजक अनिल राजधामीले तिवारीले वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

साम्सोहाङले सामाजिक विकासमन्त्री पाएका छन्। उनीहरूले पद तथा गोपनीयताको सपथ पनि ग्रहण गरेको राजधामीले बताए। माधव नेपालले एकीकृत समाजवादी गठन गरेपछि तिवारी र साम्सोहाङ भने एमालेमै रहेका थिए। उनीहरु मुख्यमन्त्री आचार्य निकट मानिन्छन्।  

यसअघि शेरधन राई नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री उषाकला राई थिइन्। वन, वातावरण तथा पर्यटन मन्त्रालय जगदिश कुसियत थिए।

तुलसीप्रसाद न्यौपाने र बुद्धिराज भण्डारी पनि मन्त्री बन्ने चर्चा थियो। तर, दुबै जना मन्त्री बनेनन्। उनीहरू दुबै पूर्वमुख्यमन्त्री राई निकट मानिन्छन्।

Skip This
Skip This
Logo