नेपाली क्रिकेट प्रशिक्षकले राजीनामा दिएकाे ह्वाटमोरको व्यवस्थापककाे दाबी

नेपाली क्रिकेट प्रशिक्षकले राजीनामा दिएकाे ह्वाटमोरको व्यवस्थापककाे दाबी

केन्द्रबिन्दु
0
Shares

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएको अष्ट्रेलियन समाचार संस्था न्युज नाइनले दाबी गरेको छ । 

उनले आफ्नो आधिकारीक ट्विटर ह्यान्डलमा ह्वाटमोरले मुख्य प्रशिक्षकबाट राजीनामा दिएको बताएको छ । सो सञ्चार माध्यमले ह्वाटमोरको व्यवस्थापक कम्पनी फ्रस्टस्पोर्टसइभेन्ट वनलाई उदृत गर्दै राजीनामा दिएको पुष्टि भएको हो । 

हाल ओमानमा रहेका ह्वाटमोरले भने यो विषयमा कुनै कमेन्ट गर्न नखोजेको जनाएको छ । ओमानमा आइसीसी विश्वकप क्रिकेट लिग टु का लागि ओमानमा रहेको नेपाली टिमको प्रशिक्षण दिइरहेका बेला उनको राजीनामाको कुरा सार्वजनिक भएको छ ।

गत डिसेम्बरमा खुल्ला छनोटबाट नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा चयन भएका निकै अनुभवी प्रशिक्षक ह्वाटमोर करिव एक महिनापछि नेपाल आएका थिए । तर नेपाल आएको तीन/चार महिनासम्म पनि उनको श्रम स्वीकृति नहुँदा उनी टुरिस्टका रुपमा काम गरेका थिए । जसका कारण उनले सुरुवातमा नियमित तलब पनि पाउन सकेका थिएनन् । 

उनको तलवको कुरालाई आइसीसी र एसीसीसँगको छलफलमा टुंगो लगाएको क्यान राजीनामा बारेमा भने अनविज्ञ नै छ । न्युज ९ को ट्विटपछि नेप्लेजले क्यानका सचिवसँग कुरा गर्दा यो विषयमा आफूलाई कुनै जानकारी नभएको र उनले दिउँसोसम्म कुनै त्यस्तो कुरा नगरेको बताए । उनले यो विषयमा आफूले पनि बुझ्नुपर्ने बताए । 

यदि ह्वाटमोरले राजिनामा दिएको कुरा सत्य हो भने उनी नेपाल आएको नौ महिनामा नै छोड्ने निर्णयमा पुगेका हुन । उनी ओमानमा हुने सिरिज सकिएपछि नेपाली टिम छोड्ने बताइएको छ । 

श्रीलंकालाई विश्वकपको उपाधि दिलाएका प्रशिक्षक ह्वाटमोरले अचानक राजीनामा दिएको खबर अष्ट्रेलियन मिडियाले सार्वजनिक गरेपछि नेपाली क्रिकेटमा तहल्का मच्चिएको छ । 

कोभिडका कारण नेपालले अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता निकै कम खेलेको छ । त्यसमा पनि ह्वाटमोर आएपछि नेपालले पहिलो पटक विदेशी भूमीमा प्रतियोगिता खेल्न लागेको हो । उनको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी २० क्रिकेट प्रतियोगिता खेलेको थियो । जसमा नेपाल च्याम्पियन बनेको थियो । 

Skip This
Skip This
Logo