खोटाङमा भीरबाट लडेर शिक्षिकाको मृत्यु

खोटाङमा भीरबाट लडेर शिक्षिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भीरबाट लडेर एक शिक्षिकाको मृत्यु भएको छ । शुक्रबार खसीलाई घाँस काट्न गएको बेला हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित दियाले जनचेतना प्राविमा कार्यरत ४१ वर्षीया पार्वती राईको मृत्यु भएको हो । आफ्नो नन्दसँगै घाँस काट्न गएकी उनी घर नजिकैको खुरी खोलामा लडेर गम्भीर घाइते भएकी थिइन् । राईलाई उपचारका लागि स्वास्थ्य संस्था लैजाने क्रममा बाटैमा मृत्यु भएको धितुङका वडासदस्य खेमराज कार्कीले जानकारी दिए । 

उनको शवलाई महादेवस्थानस्थित हलेसी सिद्धबाबा पोलिक्लिनिकमा राखिएको छ । ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक विदामा भएका कारण जिल्ला प्रहरी कार्यालयबाट घटनास्थल पुग्ने प्रहरीले मुचुल्का तयार पारेपछि अन्य प्रक्रिया अघि बढाउने वडासदस्य कार्कीले बताए । 

Logo