उपत्यकाको पशुपतिनाथ लगायतका क्षेत्रमा सरसफाई अभियान

उपत्यकाको पशुपतिनाथ लगायतका क्षेत्रमा सरसफाई अभियान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

खेम्स क्लिनिङ प्रालिले पशुपतिनाथ, बसपार्क लगायतका क्षेत्रमा सरसफाई गरेको छ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ लगायतका क्षेत्रमा क्लिनिङले सरसफाई गरेको हो । व्यवसायीक रुपमा नै सरसफाईको काम गर्दै आएको खेम्स क्लिनिङले अहिले पशुपतिनाथ मन्दिर वरपर, ह्याम्स लगायतका विभिन्न अस्पताल, गोँगबु नयाँ बसपार्क लगायतका स्थानमा सफाई गर्दै आएको कम्पनीका चिफ अपरेटिङ अफिसर दिनेश थापाले बताए । अहिले पशुपतिनाथ क्षेत्रमा भिडभाड कम भएकाले सरसफाईमा सहज भएपनि दर्शनार्थीका लागि खुला भएपछि पनि स्वास्थ्य सुरक्षाका उपाय अपनाएर सरसफाईका काम अघि बढाइने उनले बताए ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै अहिले विभिन्न सेवा क्षेत्र खुला भएपनि पशुपतिनाथ लगायतका धार्मिक स्थलहरु खुला हुन सकेका छैनन् । सामान्य अवस्थामा हजारौको भिड हुने पुशपतिनाथ क्षेत्र महामारीको जोखिमका कारण खुल्न सकेको छैन । मन्दिर दर्शनका लागि खुला गरेपछि अहिलेको अवस्थामा सुरक्षित छ भन्ने सन्देश दिनका लागि पनि सरसफाईसँगै डिसइन्फेक्सनको काम भइरहेको उनले बताए ।

खेम्स क्लिनिङका सुपर भाइजर सञ्जु तिवारीले अहिले पशुपति क्षेत्र विकास कोषमा मात्रै भित्र र बाहिर गरी ९० जना भन्दा बढी जनशक्ति सरसफाईको काममा खटिएको बताइन् ।

कम्पनीले सरसफाईमा खटिने कर्मचारीहरुको सेवा सुविधा र स्वास्थ्य जोखिमलाई पनि विशेष ध्यान दिएको छ । अस्पताल क्षेत्रहरुमा सरसफाईको काम गर्दा केही कर्मचारीहरुलाई संक्रमण देखिएको उनले बताइन् । निमित सरसफाईको काममा खटिने कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाउन भनिएको छ । साथै कुनैमा संक्रमण देखिएमा ७ लाखको जीवन विमा र १ लाखको कारोना विमा गरिएको उनले बताइन् । अस्पतालमा उपचारका क्रममा रहँदा समेत कर्मचारीको आर्थिक अवस्था हेरी आर्थिक सहयोग गर्ने गरेको थापाले बताए ।

अहिले पुनः सञ्चालनको तयारीमा रहेका होटल, अस्पताल, बसपार्क, सवारी साधनहरु आदिमा पनि समय समयमा डिस्इन्फेक्सनका लागि पनि ठूलो माग आएको छ र हामीले त्यसै अनुसारका जनशक्तिहरु खटाइरहेका छौँ । अत्याधुनिक उपकरण तथा दक्ष जनशक्तिका कारण कोरोना महामारीका बेलामा पनि यस कम्पनीले एकाध बाहेक आफ्ना जनशक्तिलाई कोरोना भाइरसको संक्रमणबाट मुक्त गरेर नै काम गरिरहेको छ । चार वर्ष अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वयंसेवी रुपमा सफाई गरेको थियो । त्यसपछि नेपाल सरकार, विदेशी पर्यटक तथा नेपाल र विश्वमा रहेका नेपालीहरुको उच्च मूल्यांकनका कारण विमानस्थल सफाईमा थप समय सहयोग गरेको खेम्स क्लिनिङले गएको तीन वर्षदेखि नेपालमा व्यवसायिक रुपमा सफाईको काम गर्दै आएको छ ।

Skip This
Skip This
Logo