इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर रुबेन डियासले सम्झौता नवीकरण गरेका छन्। पोर्चुगिज डिफेन्डर डियासले थप ६ वर्ष क्लबमा रहने गरि सम्झौता नवीकरण गरेका हुन्।
सेन्टर ब्याक डियास २०२७ सम्म सिटीमा रहने छन्। २४ वर्षीय डिफेन्डर डियास बेन्फिकाबाट २०२० मा सिटी आएका थिए। सिटीका लागि उनले ५० खेल खेलिसकेका छन्। सिटीबाट उनले प्रिमियर लिग र काराबाओ कप जितिसकेका छन्।
डियासले गत सिजन ‘प्रिमियर लिग प्लेयर अफ दि सिजन’ अवार्ड जितेका थिए। त्यस्तै फुटबल राइरटर्स एसोसिएसनले प्रदान गर्ने ‘फुटबलर अफ दि इयर’ समेत अवार्ड पाएका थिए। पोर्चुगलका लागि उनले ३२ खेलमा २ गोल गरेका छन्।































प्रतिक्रिया