सुदूरपश्चिम प्रदेशमा तीन दिनमै ३४६ जना सङ्क्रमित थपिए

सुदूरपश्चिम प्रदेशमा तीन दिनमै ३४६ जना सङ्क्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

धनगढी ।

सुदूरपश्चिम प्रदेशमा शुक्रबार १२० जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै प्रदेशमा कूल सङ्क्रमित सात हजार ४९५ जना पुगेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमित बिरामी एक हजार चार जना रहेका छन् ।

असोज महिना लगेसँगै कोरोना सङ्क्रमितको मृत्यु दर बढ्दा पछिल्ला तीन दिनमा सङ्क्रमणको दर पनि उच्च देखिएको छ । पछिल्लो तीन दिनमा मात्र प्रदेशमा ३४६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो दुई हप्ता यता कैलालीमा तीन, र अछाम, डडेलधुरामा एक/एक जना समेत पाँच जनाको मृत्यु भएको छ । हालसम्म कैलाली जिल्लाका नौ ,अछाम, बझाङ र बाजुराका दुई/दुई र डडेलधुरा र बैतडीका एक÷एक समेत १७ जना सङ्क्रमितको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा कोरोना भाइरसको स्वाब सङ्कलन केन्द्र स्थापना गरिएको छ । जर्मन राजदूतावासको सहयोगमा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको पहलमा धनगढी उप–महानगरपालिकामा स्थापना गरिएको स्वाब सङ्कलन केन्द्रको नगर प्रमुख नृपबहादुर वड र सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले संयुक्त रुपमा शुभारम्भ गरे।

सो अवसरमा नगर प्रमुख वडले स्वाब सङ्कलन केन्द्र सञ्चालनमा आएसँगै कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलन कार्य सहज हुने बताए । उपमहानगरपालिका कार्यालयको पहलमा हाल कन्ट्रयाक्ट ट्रेसिङ्गका आधारमा समुदाय स्तरमा शिबिर सञ्चालन गरी स्वाब सङ्कलन भइरहेको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डा. अवस्थीले धनगढी उप–महानगरपालिकाले कोरोना रोकथामका लागि गरिरहेको काम नमूनाको भएको बताए।

रेडक्रसले कोरोना रोकथाम र उपचार व्यवस्थापनका लागि यस अघि पनि उपमहानगरपालिकालाई विभिन्न सामाग्रीको सहयोग गरेको थियो ।

पछिल्ला दिनमा उपमहानगरपालिका क्षेत्रमा कोरोना समुदाय स्तरमा फैलिएको नगरपालिका कार्यालय, स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले बताए। नगर क्षेत्रमा आज सम्म कूल सङ्क्रमित भएका ७०३ मध्ये १९६ जना सक्रिय सङ्क्रमित रहेका छन् । ती मध्ये ९० प्रतिशत स्थानीय समुदाय भित्रकै व्यक्ति र बाँकी दश प्रतिशत बाहिरबाट आएकामा सङ्क्रमण भएको पाइएको जनाइएको छ ।

Skip This
Skip This
Logo