बालबालिकालाई नियमित खोप दिन नभुलौं : स्वास्थ्य मन्त्रालय

बालबालिकालाई नियमित खोप दिन नभुलौं : स्वास्थ्य मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई नियमित खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै १५ महिनाभन्दा मुनीका बालबालिकालाई नियमित विभिन्न रोगविद्धको खोप लगाउन आग्रह गरेको हो । 

मन्त्रालयले महामारीको समयमा धेरै अभिभावकले बालबालिका लागि दिनुपर्ने खोप नदिएको पाइएकाले खोप नछुटाई दिन अनुरोध गरेको हो ।

मन्त्रालयले नियमित खोप नलगाउँदा दीर्घकालिन रूपमा विभिन्न संक्रामक रोगको संक्रमण, मृत्युदर र अपाङ्ग हुने दर बढ्ने भएकोले बालबालिकालाई उमेर अनुसारको नियमित खोप लगाउनुपर्ने जनाएको छ ।

मन्त्रालयले जन्मिन वित्तिकै विसिजी खोप, ६ हप्ताभित्रमा रोटा, पोलियो, एफआइपिभि, पिसिभि, डिपिटी, हेप बी–हिब, नौ महिनामा पिसिभि, दादूरा–रूवेला, १२ महिनामा जापानीज इन्सेफ्लाइटिस र १५ महिनामा दादुरा–रूवेला खोप लगाउन भनेको छ ।

मन्त्रालयले कोभिड–१९ को बन्दाबन्दी (लकडाउन)का बीचमा पनि नियमित खोप सञ्चालन भएको जनाएको छ । न्युज कारखाना। 

Skip This
Skip This
Logo