पहिराेले घर पुरिँदा अर्घाखाँचीमा एक बालिकाको मृत्यु

पहिराेले घर पुरिँदा अर्घाखाँचीमा एक बालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अर्घाखाँचीमा पहिरोमा परेर एक जनाकाे मृत्यु भएकाे छ भने ३ जना घाइते भएका छन्  ।पहिरोले घर पुरिँदा पाणिनी गाउँपालिका-७ अडगुरीमा पहिरोमा पुरिएर जीवलाल सुनारकी ९ वर्षीया झरना सुनारकाेको ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएकाे छ ।

पहिरोमा परेर जीवलालका छोरा र दुई जना छिमेकी घाइते भएका छन् । घाइतेहरूकाे स्थानीय मेडिकलमा उपचार भइरहेकाे र उनीहरुको अवस्था सामान्य रहेको अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले जानकारी दिनुभयो । 

 

Skip This
Skip This
Logo