सिन्धुपाल्चोकका जनप्रतिनिधि एकीकृत समाजवादीमा खुल्दै

सिन्धुपाल्चोकका जनप्रतिनिधि एकीकृत समाजवादीमा खुल्दै

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले नेकपा एकीकृत समाजवादी रोज्दै बुधबार सनाखत गरेकी छन्। जिल्ला निर्वाचन कार्यालय पुगेर उनले सनाखत गरेकी हुन्।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष बेलवहादुर महतले पनि एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्।

यस अघि वागमती प्रदेश सांसद इन्द्रमाया गुरुङले मंगलबार हेटौडास्थित प्रदेश निर्वाचन कार्यालय पुगेर समाजवादी पार्टीमा सनाखत गरेकी थिइन्।

नेता सोम सापकोटा पनि पहिल्यै समाजवादी पार्टीमा खुलिसकेका छन्। नेकपा एकीकृत समाजवादीमा राष्ट्रिय सभा सदस्य सिंहबहादुर विश्वकर्मा, एमाले राष्ट्रिय परिषद सदस्य नवराज पौडेल पनि खुलिसकेका छन्।

तत्कालिन एमाले हुँदा माधव नेपालको गढ मानिएको सिन्धुपाल्चोक जिल्लामा पार्टी विभाजनपछि नेताहरु नेकपा एकीकृत समाजवादीमा खुल्न सुरु गरेका हुन्।

भदौ २२ सम्म पार्टी रोज्न पाइने निर्वाचन आयोगको प्रावधान अनुसार नेताहरू एमालेबाट छुट्टिएर गठन भएको नयाँ पार्टीमा खुल्न थालेका हुन्।न्युज कारखाना

Skip This
Skip This
Logo