इतिहासमा आजः जर्मनीद्वारा फ्रान्सविरुद्ध युद्ध घोषणादेखि कतारको स्वतन्त्रतासम्म

इतिहासमा आजः जर्मनीद्वारा फ्रान्सविरुद्ध युद्ध घोषणादेखि कतारको स्वतन्त्रतासम्म

केन्द्रबिन्दु
0
Shares

आज सेप्टेम्बर ३ । आजको मितिमा विश्व इतिहासमा जर्मनी र फ्रान्सले एक अर्कोविरुद्ध युद्ध घोषणादेखि कतारको स्वतन्त्रतालगायतका घटना भएका थिए। प्रस्तुत छ आज भएका केही विश्व घटनाः
जर्मनी र फ्रान्सद्वारा एकअर्कोबिरुद्ध युद्ध घोषणा
रसियाबिरुद्ध युद्ध घोषणा गरेको दुई दिनपछि जर्मनीले सन् १९१४ को ३ सेप्टम्बरमा फ्रान्सबिरुद्ध पनि युद्ध घोषणा गरेको थियो। दीर्घकालिन रणनीतिसहित तत्कालिन जर्मन सेनाका प्रमुख अल्फ्रेड भोन सिचिलफेनको योजनाअनुसार जर्मनीले रसिया र फ्रान्सविरुद्ध युद्ध घोषणा गरेको थियो। तयसको केही घन्टापछि फ्रान्सले पनि जर्मनीबिरुद्ध युद्ध घोषणा गरेको थियो।
 
कतारको स्वतन्त्रता
खाडी मुुलुक कतारले आज नै स्वतन्त्रता पाएको थियो। व्रिटिश शासनको ५५ वर्षपछि ३ सेप्टेम्बर १९७१ मा कतारले स्वतन्त्रता पाएको थियो। कतारले हरेक वर्ष ३ सेप्टेम्बरलाई स्वतन्त्र दिवस मनाउँछ। 
 
पेरिस सन्धीमा हस्ताक्षर
सन् १७८३ मा बेलायत र अमेरिकाबीच पेरिस सन्धीमा हस्ताक्षर भएको थियो।  हस्ताक्षरसँगै अमेरिकी क्रान्ति सकिएको थियो। सन् १७८२ को प्रारम्भिक सन्धीको जगमा अडेर सम्झौताले अमेरिकी स्वतन्त्रतालाइ मान्यता दिएको थियो।

इ बेको स्थापना
अनलाइन दुनियाकै चर्चित कम्पनी अमरिकाको बहुराष्ट्रिय व्यापारसम्बन्धी कर्पोरशन हो इ बे। ई बेले बजार र लिलामलगायतका अनलाइनसम्बन्धी विश्वव्यापी व्यापार गर्छ। पाइरी ओमिदयारले सन् ३ सेप्टेम्बर १९५५ मा यसको स्थापना गरेका थिए।
 
दायाँबाट गाडि चलाउन सुरु
सन् १९६७ देखि स्वीडेनका चालकहरुले सडकमा दायाँबाट गाडि चलाउन थालेका थिए। यसअघि स्वीडेनमा बायाँबाट गाडि चलाइन्थ्यो।न्युज कारखानाबाट

Skip This
Skip This
Logo