विश्वकप छनोटमा ब्राजिलको सातौँ जीत

विश्वकप छनोटमा ब्राजिलको सातौँ जीत

केन्द्रबिन्दु
0
Shares

ब्राजिलले विश्वकप छनोटमा लगातार सातौँ जीत दर्ता गर्दा गर्दै शीर्षस्थान कब्जामै राखेकाे छ । ब्राजिलले चिलीलाई उसकै मैदानमा १–० ले पराजित गर्दै अपराजित यात्रा कायमै राखेकाे हाे । 

चिलीमा शुक्रबार बिहान भएको प्रतिस्पर्धात्मक खेलको ६४औं मिनेटमा सब्सिच्युट मिडफिल्डर एभर्टन रिवेइरोले गोल गर्दै जित पक्का गरे । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा चिलीले हार व्याहाेर्नु परेकाे हाे । 

लगातार सातौँ जीत निकालेपछि ब्राजिल विश्वकपको छनोटनजिक पुगेको छ । अब ब्राजिलले २ अंक जोड्न सके कतार विश्वकपमा स्थान पक्का गर्नेछ ।

Skip This
Skip This
Logo