साविक विजेता ओसाका पराजित

साविक विजेता ओसाका पराजित

केन्द्रबिन्दु
0
Shares

साविक विजेता तथा तेस्राे वरीयताकी नाओमी ओसाकालाई पराजित गर्दै फर्नान्डेज वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको अन्तिम १६ मा पुगेकी छन् ।

शनिबार बिहान न्यूयोर्कमा भएको खेलमा ५–७, ७–६ (७–२), ७–४ को रोमाञ्चक जित निकाल्दै १८ वर्षीय फर्नान्डेजले पि–क्वार्टरफाइनल यात्रा तय गरिन् ।

क्यानडियन १८ वर्षीया किशोरी फर्नान्डेजले दोस्रो सेट टाई ब्रेकरमा जितेकी थिइन् । तेस्रो तथा निर्णायक सेटको सुरुआतदेखि नै खेलमा पकड बनाएकी फनान्डेजले करियरको सबैभन्दा ठूलो नतिजा निकालिन् ।

‘खेलको सुरुआतदेखि नै म जित्नका लागि काबिल छु भन्ने लागेको थियो,’ फर्नान्डेजले खेलपछि भनिन् । 

Skip This
Skip This
Logo