काठमाडौं उपत्यकामा आज ३८६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज ३८६ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा मात्रै २८९ जना, ललितपुरमा ५३ र भक्तपुरमा ४४ संक्रमित थपिएका हुन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १९५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख २५ हजार ७५१ पुगेको छ।

नेपालमा आज १ हजार २६८ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २४४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ६८ हजार २९५ जना र एन्टीजेन परीक्षणबाट ८४ हजार ९३७ जना पुगेको छ। 

आज ९ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ।

आज ९ हजार ८७५ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३९ लाख ५२ हजार २४२ जनाको पिसिआर र ४ लाख ८४ हजार ९४३ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo