राष्ट्रपतिद्वारा भदौ २३ गतेका लागि संसद् अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा भदौ २३ गतेका लागि संसद् अधिवेशन आह्वान

केन्द्रबिन्दु
0
Shares

आज मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेकी छिन्। आगामी भदौ २३ गते बुधबार अपराह्न ४ बजे बस्ने गरि बैठक आह्वान गरिएको हाे।

अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ। आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याइनेछ।

संसद् अधिवेशन बोलाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका थिए। आजै बसेकाे मन्त्रिपरिषद बैठकले भदाै २३ का लागि संसद् अधिवेशन बाेलाउन सिफारिस गरेकाे थियाे।

Logo