नेपालले आइतबार भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल साँझ साढे पाँच बजे दशरथ रंगशालामा हुनेछ ।
बलियो टोली भारतविरुद्ध नेपाल जितको लक्ष्यसहित मैदान उत्रिनेछ । फिफा वरीयतामा आफूभन्दामाथि रहेको टोलीमाथि जित निकाल्न त्यति सहज भने हुने छैन ।
फिफा वरीयतामा भारत १०५ औं स्थानमा रहँदा नेपाल १६८औं स्थानमा छ । हालसम्म यी दुई टोलीले २० खेलमा एक अर्काको सामना गर्दा भारत १३ र नेपाल मात्र २ खेलमा विजयी हुँदा ५ खेल बराबरीमा सकिएको छ ।
बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा समाप्त भएकाे थियो ।































प्रतिक्रिया