नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ तीन वर्षका लागि प्रिमियर इन्टरनेशनल आईबी वर्ल्ड स्कुलको खेलकुद एम्बासडरमा नियुक्त भएका छन्। प्रिमियरले मंगलबार एक कार्यक्रम आयोजना गर्दै किरणलाई एम्बासडर नियुक्त गरेको हो।
कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा मुख्य अथितिको रुपमा उपस्थित थिए। यस्तै स्कुलका प्रबन्ध निर्देशक बसन्त थापा, निर्देशक पवित्रा लिम्बु, तथा अन्य पदाधिकारी लगायतको उपस्थिति रहेको थियो। प्रिमियर स्कुलका प्रबन्ध निर्देशक थापाले किरणलाई सम्झौता पत्र प्रदान गरे।
अब किरण स्कुलका हरेक खेलकुद कार्यक्रममा सामेल हुनेछन्। कार्यक्रममा बोल्दै किरणले प्रिमियरले अब एजुकेशन साथसाथै राम्रा खेलाडी पनि उत्पादन गर्नेप्रति आफू आश्वस्त रहेको बताए।
किरणले भने, ‘अहिले स्कुल–स्कुलमा खेलकुद तथा फुटबल एकेडेमी सुरू भएको छ। यो निकै राम्रो कुरा हो। जसले गर्दा म एकदमै खुसीे छु। यस्तो कार्यले राम्रो खेलाडी उत्पादन हुनेमा म आशावादी छु। प्रिमियर स्कुलले शिक्षाबाट देश विदेशमा आफ्नो नाम कमाईसकेको छ । अझ मेरो आगमनले खेलकुद र फुटबल पनि राम्रो हुनेछ।’
स्कुलकी निर्देशक पवित्रा लिम्बुले किरणलाई स्कुलको एम्बासडर बनाउन पाउँदा आफू उत्साहित साथै खुशी भएको बताइन्। उनले आजको दिन आफ्नो लागि सम्झनालायक क्षण भएको पनि बताइन्।
‘खेलकुदको एक रोल मोडल तथा नेपालको गहनालाई अनुबन्ध गर्न पाउँदा निकै खुशी छु। मेरो लागि शिक्षामा लागेपछि सम्झनालायक क्षणमा यो पनि एक हो ।’ उनले भनिन्।































प्रतिक्रिया