काठमाडौं उपत्यकामा आज ४३३ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ४३३ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज ४३३ संक्रमित थपिएका छन्। काठमाडौंमा ३२९ जना, ललितपुरमा ६७ र भक्तपुरमा ३७  संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८४५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३५ हजार ६ पुगेको छ।

नेपालमा आज १ हजार २७१ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २१३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ७४ हजार ५८७ जना र एन्टीजेन परीक्षणबाट ८६ हजार २१९ जना पुगेको छ। 

आज १४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९०३ पुगेको छ।

आज ११ हजार ९४४ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३९ लाख ९९ हजार ४९७ जनाको पिसिआर र ५ लाख २ हजार ७७१ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo