नेपालद्वारा बंगलादेश २–१ ले पराजित

नेपालद्वारा बंगलादेश २–१ ले पराजित

केन्द्रबिन्दु
0
Shares

मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ। दशरथ रंगशालामा आज भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

नेपालका लागि १४ औं मिनेटमा सविता रानाले गोल गरेर टिमलाई अग्रता दिलाएकी थिइन्। सविताले बनाएको अग्रतालाई २२ औं मिनेटमा गोल गर्दै प्रीति राईले दोब्बर बनाइन्।

पहिलो हाफमा दुई गोलको अग्रतामा रहेको नेपालले खेलको ८३ औं मिनेटमा एक गोल खानुपर्यो। मैदान प्रवेश गरेको एकै मिनेटमा थौरा खातनुले नेपालविरुद्ध गोल गरेकी हुन्।

यी दुवै टोली एएफसी वुमेन्स एसियन कप छनोटको तयारीमा छन्। यी दुई टोलीको अर्को मैत्रीपूर्ण खेल आइतबार हुने छ।
 

Logo