मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी एक साता मौसममा सुधार नहुने बताइएकाे छ ।
शुक्रबार बिहान नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेकाले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ।
दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।































प्रतिक्रिया