सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

केन्द्रबिन्दु
0
Shares

साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज १ सयले बढेको हो। 

यस हप्ता सोमबार १ सयले घटेको थियो भने मंगलबार स्थिर थियो। बुधबार ७ सयले घटेको थियो। बिहीबार १ सयले नै घटेको थियो।

गत हप्ता आइतबार र सोमबार सुनको मूल्य स्थिर थियो। मंगलबार ४ सयले घटेको थियो भने बुधबार २ सय र बिहीबार पनि २ सयले घटेको थियो। 

आज छापावाला सुनको प्रतितोला ९० हजार ७०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार २०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ। चाँदी आज एक हजार २१५ मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo