दाङमा तिजको नाच हेरेर फर्किने क्रममा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
बंगलाचुली गाउँपालिका–७ बिर्खेका २७ वर्षीय पवन रोका, २० वर्षीय यमबहादुर मास्की र २७ वर्षीय बिनाराम मर्साङीलाई प्रहरीले पक्राउ गरेको हो।
बलात्कृत किशोरी १७ वर्षीया हुन्।
किशोरीले बुधबार साँझ तिजको नाच हेरेर फर्किने क्रममा बंगलाचुली गाउँपालिकाकै एक्लाबर नजिक जंगलमा बलात्कृत भएको जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ।
आरोपी तीन जनालाई हाँसिपुर प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको हो।
उनीहरूविरुद्ध प्रहरीले जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी कसूरमा जाहेरी दर्ता गरेर अनुसन्धान थालेको छ।































प्रतिक्रिया