काठमाडौँ । नेपालीहरुको महान् चार्ड विजया दशमी नजिँकिदै गर्दा विभिन्न गाडीहरुले दशैंलाई लक्षित गर्दै अफरहरु ल्याएका छन् । विभिन्न ब्राण्डका गाडीहरुले गत वर्षहरुमा जस्तै यसपालीको दशैंमा पनि विभिन्न अफरहरु सार्वजनिक गरेका छन् ।
नेपालका लागि स्याङयोङ्ग मोटर्सको आधिकारिक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले ‘स्याङयोङ्ग सुपर डिस्काउन्ट’ अफर ल्याएको छ । ग्राहकहरूले यस अफर मा ३ लाख रुपैँयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । त्यसका साथै कम्पनीले डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु लाई थप १ लाख डिस्काउण्ट दिइने जनाएको छ । त्यस्तै, एक वर्षसम्म निःशुल्क बीमा र तीन बर्ष वारेन्टी रहेको छ । त्यस्तै, निःशुल्क सर्भिसिङ्ग लगायत सेवा उपलब्ध हुनेछ ।
त्यसैगरी, हुन्डाईले पनि दशैंलाई लक्षित गर्दै दशैं अफर ल्याएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारिक विक्रेताले ‘यसपालिको दशै तिहार वेलकम टु हुन्डाई परिवार ’ योजना ल्याएको हो । यस योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइएको कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्डमार्फत थप १ लाख सम्मको नगद छुट पाउन सक्नेछन् । त्यसैगरी, बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई १ थान जित्न सक्नेछन् । त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क बीमाको सुविधा पनि प्राप्त गर्न सक्नेछन् । त्यसका साथै स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै विशेष प्याकेज दिने निर्णय समेत गरेको छ । यो योजनाको अवधि यहि असोज ५ देखि मंसिर ५ सम्म लागू हुनेछ ।
प्रस्तुत छ, यसै विषयमा तयार पारिएको यो भिडियो रिपोर्ट































प्रतिक्रिया