क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि दोस्रो डेब्युको पहिलो हाफमा नै गोल गर्न सफल भएका छन् ।
न्युकासल युनाइटेडविरुद्ध घरेलु मैदान ओल्ड ट्राफर्डमा जारी खेलको पहिलो हाफमा रोनाल्डोको गोलको मदतले युनाइटेड १-० ले अघि बढेको छ । रोनाल्डोले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेका हुन् । मेसन ग्रिनवुडको प्रहार गोलरक्षक फ्रेडी वुडम्यानले रोकेपछि आएको रिबाउन्डमा रोनाल्डोले सहजै गोल गर्दै अग्रता दिलाएका हुन् ।
मड्रिडबाट पिएसजी गएका रोनाल्डो यसै सिजनको समर ट्रान्सफरमार्फत म्यानचेस्टर युनाइटेड गएका हुन् । करिअरको सुरुवाती समय म्यानचेस्टर युनाइटेडमा बिताएका रोनाल्डो त्यसपछि रियल मड्रिड गएका थिए ।































प्रतिक्रिया