इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले दोस्रो हार व्यहोरेको छ। शनिबार रातिको खेलमा युभेन्ट्स घरेलु टोली नापोलीसँग २-१ गोल अन्तरले पराजित भएको हो।
लोरेन्जो इन्सिङ्गेको कप्तानीमा मैदान आएको युभेन्ट्स एक गोलको अग्रता जोगाउन नसक्दा दोस्रो खेलमा पराजित हुन बाध्य भयो।
खेलको दशौँ मिनेटमा अल्भारो मोरटाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको ५७औँ मिनेटमा माटियो पोलीटानोले गोल गर्दै नापोलीलाई १-१ गोलको बराबरीमा फर्काए। खेलको ८५औँ मिनेटमा कालिडोउ कोउलीबलीले गोल गर्दै नापोलीलाई २-१ को जीत दिलाए।
जीतसँगै नापोलीले तीन खेलमा अपराजित रहँदै नाै अंक जोडेर शीर्ष स्थानमा छ। युभेन्ट्स एक अंक जोडेर १६औँ स्थानमा छ। अर्को खेलमा फिओरेन्टिनाले एटालान्टालाई २-१ गोल अन्तरले पराजित गरेकाे छ।न्युज कारखाना





























प्रतिक्रिया