सत्ता गठबन्धनका शीर्ष नेता आज पनि छलफलमा

सत्ता गठबन्धनका शीर्ष नेता आज पनि छलफलमा

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। मन्त्रिपरिषद्को विस्तार र सत्तापक्षको आगामी रणनीतिका बारेमा छलफल गर्न सत्तारुढ दलका शीर्ष नेता छलफलमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको झण्डै दुई महिना पुग्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। यस्तै नेकपा (एमाले)ले अवरोध गर्दै आएको संसद्लाई कसरी अगाडि बढाउने भन्नेबारेमा पनि छलफल हुने बताइएको छ। 
    
छलफलमा प्रधानमन्त्री देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायतको उपस्थिति छ। देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषदमा हाल चार मन्त्री र एक राज्यमन्त्री छन्।

Skip This
Skip This
Logo