काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन्। काष्ठमण्डप परिसरमै ‘न्यकू बाजा र गुंला’ पुस्तक विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै शाक्यले यस्तो बताएका हुन्।
‘महानगरको आर्थिक सहयोगमा पुनर्निर्माण हुँदै गरेको काष्ठमण्डपको काम ९५ प्रतिशत सम्पन्न भएको छ,’ शाक्यले भने, ‘काष्ठमण्डपको पुनर्निर्माणको जिम्मा महानगरले लिए पनि यसको नेतृत्व प्रदेश माननीय राजेश शाक्यले गर्नुभएको छ।’
टिमको टिमवर्कले गर्दा महानगरको लगानीमा काष्ठमण्डप पुनर्निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । अहिले अन्तिम कार्य अर्थात् छानो छाउने काम भइरहेको छ,’ प्रमुख शाक्यले भने, ‘काष्ठमण्डप राम्रो बनाउनु पर्छ, चाँडो बनाउनु पर्छ र यसको ऐतिहासिक र साँस्कृतिक पक्षमा कुनै आँच नआउने गरि पुनर्निर्माण गर्नुपर्छ भनी शाक्यको टिम अनवरत यस कार्यमा लागेका कारण काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भयो।’
राम्रो काममा सबैको साथ र सहयोग चाहिन्छ भन्दै सबैतिर राजनीतिक तवरले मात्र अघि बढ्न खोज्यो भने सफलता हात नपर्ने मेयर शाक्यले बताए। ‘राम्रो कामको लागि सबै समुदाय, राजनीतिक कार्यकर्ता वा प्रतिनिधिहरु हातेमालो गरेर अघि बढ्नुपर्छ । काष्ठमण्डप यसको एउटा उदाहरण हो।
काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्षसमेत रहेका बागमती प्रदेश सांसद शाक्यले अहिलेसम्म महानगरबाट ११ करोड ५० लाख सहयोग प्राप्त भएको जानकारी दिए। नेपालको सम्पदा, इतिहासको बारेमा पढ्नु पर्यो भने वा रिफ्रेन्स लिनु पर्यो भने विदेशी पुस्तकको सहायता लिनु पर्ने हुन्छ । नेपालमा धेरैजसो संस्कृति, सम्पदाको फोटो लिन निषेध गरिएको पाइन्छ ।
शाक्यले कुनै पनि काम राम्रोसँग सम्पन्न गर्नका लागि एक्लैभन्दा पनि टिमवर्कमा विश्वास गर्नु पर्नेमा जोड दिए।































प्रतिक्रिया