तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूले सुरक्षाको कारण जनाएर जागीर छोड्न वाध्य छन्। तर राजधानीको विमानस्थलमा कार्यरत रबिया जमालले भने करिब एक महिनापछि साहसिक निर्णय लिँदै कामलाई निरन्तरा दिएकी छिन्।
कट्टरपन्थी इस्लामहरूले भने महिलाहरूले सुरक्षाका कारण घरमै बस्नुपर्ने दबाब दिँदै आएका छन् तर तीन सन्तानकी आमा ३५ वार्षिया रबिया भने कामलाई निरन्तरता दिने निधोमा पुगेकी हुन्।
रबियाले भनिन् ,“मलाई परिवार धान्न पैसा चाहिन्छ, घरमा बस्दा दिक्क भएँ अहिले जागिर सुरु गरेपछि खुसी छु।“ विमानस्थलमा कार्यरत ८० महिलाहरू मध्ये तालिबानको कब्जापछि जम्मा १२ जना काममा फर्किएका छन्। तर ती पनि राजधानी काबुलमा काममा जानका लागि अनुमति दिइएका थोरै मध्येमा पर्छन्।
विमानस्थलमा कार्यरत मध्ये ६ जना महिलाहरू विमानस्थलको मुख्य प्रवेशद्वारमा गफ गर्दै शनिबार हर्षित मुद्रामा यात्रुहरूको प्रतीक्षामा थिए।





























प्रतिक्रिया