मदिराले लठ्ठ वडा सचिवले मध्यरातमा महिलालाई बलात्कार गर्न खोजेपछि….

मदिराले लठ्ठ वडा सचिवले मध्यरातमा महिलालाई बलात्कार गर्न खोजेपछि….

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । महोत्तरीमा बलात्कारको प्रयास गरेको आरोपमा एक वडा सचिव पक्राउ परेका छन्।

महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर-९ स्थित मुसहरी टोलकी एक दलित महिलालाई बलात्कार गर्न खोजेको आरोपमा वडा नम्बर-९ का वडा सचिव मिथिलेश यादवलाई बुधबार राति पक्राउ गरिएको हो । स्थानीयका अनुसार यादवले राति मदिरा सेवन  गरेका थिए।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीका अनुसार ती महिला बजारबाट घर गइरहेको अवस्थामा बुधबार राति उनी माथि बलात्कार प्रयास भएको हो ।

यादवलाई अहिले प्रहरी हिरासतमा राखिएको छ ।

Skip This
Skip This
Logo