युवराज खतिवडालाई अमेरिकाकाे राजदूत नियुक्त गर्ने निर्णय

युवराज खतिवडालाई अमेरिकाकाे राजदूत नियुक्त गर्ने निर्णय

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाकाे राजदूतमा सिफारिस गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो।

प्रधानमन्त्रीले खतिवडालाई राष्ट्रियसभामा पुन: सांसद बनाउँदै अर्थमन्त्रीमा निरन्तरता दिन चाहेका थिए।

सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने रिक्त एक राष्ट्रियसभा सदस्यमा खतिवडालाई नै पुन: नियुक्त गर्न नेकपाभित्र सहमति नदेखिएपछि उनलाई प्रधानमन्त्रीले आर्थिक सल्लाहकार बनाएका थिए।

त्यसैगरी मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको छ। रेग्मीले बिहीबार नै मुख्य सचिवबाट राजीनामा दिएका थिए।

राष्ट्रपतिले खतिवडा र रेग्मीलाई राजदूत नियुक्त गर्नुअघि संसदीय समितिले सरकारको सिफारिस अनुमोदन गर्नुपर्नेछ। त्यसका लागि संसदले चाँडै नै सुनुवाइ प्रक्रिया सुरू गर्नेछ।

मुख्यसचिवमा भने आजै मन्त्रिपरिषदले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ । वैरागी २०७२ असोज २२ मा सचिव नियुक्त भएका थिए । वैरागीले पूरै कार्यकाल अर्थात् २०८० असोज २२ गतेसम्म काम गर्न पाउनेछन् ।

Logo