मोटरसाइल दुर्घटनामा युवकको मृत्यु

मोटरसाइल दुर्घटनामा युवकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बेलौरी नगरपालिका–१० सडकघाटका सन्तोष चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

सोमबार साँझ अबेर सुपप्र ०१००९ प ५०५८ नम्बरको मोटरसाइकलमा कलकत्ता बजारतर्फ जाँदै गर्दा बेलौरी– ८ स्थित हुलाकी राजमार्गमा थुपारेर राखिएको ग्राभेलको थुप्रोमा मोटरसाइल ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए ।

तत्कालै उपचारको लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा लैजाँदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । 

Skip This
Skip This
Logo