काठमाडौं उपत्यकामा आज ४०४ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ४०४ जना कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज ४०४ जना कोरोना संक्रमित थपिएका छन्। आज काठमाडौंमा २९४, भक्तपुरमा ४८ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन्।  

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५८९ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ४२ हजार ३०६ पुगेको छ।

नेपालमा आज १ हजार ५६२ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ३८२ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार २०२ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ७९ हजार ४९२ जना र एन्टीजेन परीक्षणबाट ८७ हजार ४१३ जना पुगेको छ। 

आज १९ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ।

आज १४ हजार ४४३ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४० लाख ४४ हजार ८५९ जनाको पिसिआर र ५ लाख २० हजार १६५ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo