कांग्रेसले टुंग्यायो थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद, बाँकीमा आजै टुंगाे लाग्न सक्ने

कांग्रेसले टुंग्यायो थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद, बाँकीमा आजै टुंगाे लाग्न सक्ने

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेपाली कांग्रेसले थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ। सदस्यता छानविन समितिले काठमाडौंसहित १० जिल्लाको क्रियाशील सदस्यता विवाद मंगलबार नै टुंग्याएको हो।

कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले १० जिल्लाको क्रियाशील सदस्यता टुंगो लागेर प्रिन्ट भइसकेको जानकारी दिए। पौडेलका अनुसार समितिले विवाद समाधान गरेका जिल्लाहरूमा काठमाडौंसहित काभ्रेपलान्चोक, कपिलवस्तु, बर्दिया, सिन्धुपाल्चोक, बाजुरा, मोरङ, महोत्तरी, कैलाली र पर्सा रहेका छन्। विवाद टुंगिएका जिल्लाको नामावली आज पार्टीको वेबसाइटमा सार्वजनिक गरिने पौडेलले जानकारी दिए।

निर्वाचन समितिका एक सदस्यले सम्भवतः आज बेलुकीसम्म विवादित सबै २० जिल्लाको सदस्यता विवाद टुंगिने खबर पाएको जानकारी दिए। कांग्रेसले पहिलो चरणमा ५६ जिल्लाको वडा अधिवेशन सम्पन्न गरेको छ। ५ असोजमा बाँकी २० जिल्लामा अधिवेशन गर्ने तयारी छ।

कांग्रेसले १८ भदौमा देशभरका ६ हजार ७४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न सकेको थिएन।

कांग्रेसले यसपालि करिब ९ लाख क्रियाशील सदस्य बनाएको छ। परिवर्तित निर्वाचन कार्यतालिकाअनुसार पालिका तहमा ९ असोजमा अधिवेशन हुनेछ। त्यसअघि नै सबै वडा अधिवेशन गरिसक्नु पर्ने हुन्छ।न्युज कारखाना

Skip This
Skip This
Logo