काठमाडौं कांग्रेसले असोज ५ गते सबै वडामा वडाअधिवेशन गर्ने

काठमाडौं कांग्रेसले असोज ५ गते सबै वडामा वडाअधिवेशन गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस काठमाडौं जिल्लाले असोज ५ गते काठमाडौंमा सबै  वडाअधिवेशन गर्ने भएको छ। 

आज निर्वाचन अधिकृतसहित  बैठक गरेर जिल्ला कार्यसमिति काठमाडौंले वडा अधिवेशनको तयारी सुरु गरेकाे हाे। नेपाली कांग्रेस काठमाडौंका जिल्ला सभापति सबुज बानियाँको अध्यक्षतामा आज जिल्ला कार्यालय ज्ञानेश्वरमा  बैठक बसेर पार्टीले अधिवेशन प्रक्रिया सुरु गरेकाे हाे ।

शनिबारसम्म काठमाडौंका सबै वडामा निर्वाचन अधिकृत खटिने गरि काम थालेकाे छ। 
काठमाडौं महानगरसहितका विभिन्न ११ वटा  नगरपालिकाका  गरि काठमाडौं जिल्लामा कूल एक सय ३८ वडा रहेका छन्। यी सबै वडाहरूमा असाेज ५ गते एकैदिन वडा अधिवेशन हुने भएकाे छ।

Logo