यस्तो छ आगामी तीन दिनको मौसमी अवस्था

यस्तो छ आगामी तीन दिनको मौसमी अवस्था

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। बंगालको खाडीमा न्युन चापीय क्षेत्रको प्रभावले नेपालमा पनि बदली भएको हो ।

मौसम पूर्वानुमान महाशाखाले आज जनाए अनुसार आज दिउसो प्रदेश नं. १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राती भने थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार दिउसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा आंशिक बदली रहने सम्भावना रहेको छ।

शुक्रबार दिउसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा आंशिक बदली रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Logo