जितसहित म्यानचेस्टर सिटी अन्तिम १६ मा

जितसहित म्यानचेस्टर सिटी अन्तिम १६ मा

केन्द्रबिन्दु
0
Shares

इपीएल कफ फुटबल अन्तर्गत मंगलबारराति भएको खेलमा म्यानचेस्टर सिटीले जित दर्ता गरेकाे छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले विकोम्बे वान्डरर्सलाई ६–१ ले पराजित गरेको हो ।

सिटीका लागि रियाद महरेजले दुई तथा केविन डी ब्रूयना, फिल फोडिन, फेरान टोरेस र कोल पाल्मरले एक–एक गोल गरे ।

ब्रान्डन हालनको गोलबाट विकोम्बेले सुरुवाति अग्रता लिएको थियो । तर पुनरागमन गर्दै सहज जित निकालेर साबिक विजेता म्यानचेस्टर सिटीले अन्तिम १६ मा स्थान बनाएको हो ।

 

Logo