कांग्रेस नेता तथा पूर्व सहरी विकास मन्त्री डा. नारायण खड्काले बुधवार परराष्ट्र मन्त्री पदको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेता खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले खड्कालाई मन्त्री पदमा नियुक्त गरेकी थिइन् । खड्काले आजैबाट परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने छन् ।





























प्रतिक्रिया