इंग्लिस फुटबल लिगकपमा टोटेनह्याम हस्टपरले चेल्सीलाई पराजित गरेको छ । मंगलबार राति सम्मन्न खेलमा टोटेनह्यामले पेनाल्टी सुटआउटमा चेल्सीमाथि ५–४ को जित हात पार्दै अघिल्लो चरणमा स्थान बनाएको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा लिएको थियो । अन्तिम पेनाल्टीमा चेल्सीका मासन माउन्ट चुक्दा टोटेनह्यामका ह्यारी केनले निर्णायक गोल गरेका थिए ।
त्यसअघि टोटेनहम हस्टपर स्टेडियममा भएको खेलमा पाहुना टोली चेल्सीले खेलको १९औं मिनेटमा टिमो वेर्नरको गोलबाट अग्रता लिएको थियो । खेलकाे ८३औं मिनेटमा इरिक लमेलाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि थप गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।





























प्रतिक्रिया