ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई पराजित गरेकाे छ ।
दुबईमा बुधबार राति भएको खेलमा दिल्लीले हैदरावादलाई ८ विकेटले हराएको हो । हैदरावादले दिएको १३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीको जितमा श्रेयस आयरले अविजित ४७ रन जोडे । यस्तै ऋषव पन्तले अविजित ३५ रन बनाए । शिखर धवनले ४२ रन जोड्दा पृथ्वी शले ११ रन बनाए । हैदरावादका खलिल अहमेद र राशिद खानले १/१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोडेको थियो ।
हैदरावादका अब्दुल समादले २८ रन जोड्दा राशिद खानले २२ रन बनाए । रिद्दिमान साह र केन विलियम्सनले १८/१८ रन जोडे । मनिस पाण्डेले १७ रन जोड्दा जासन होल्डरले १० रन बनाए ।
दिल्लीका कागिसो राबडाले ३ विकेट लिए । एन्रिच नोर्किया र अक्षर पटेलले २/२ विकेट लिए । जितसँगै दिल्ली लिगको शीर्षस्थानमा उक्लिएको छ ।































प्रतिक्रिया