विश्वभर संक्रमितको संख्या १० करोड नाघ्यो

विश्वभर संक्रमितको संख्या १० करोड नाघ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विश्वभर कोभिड-१९ संक्रमितको संख्या १० करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड २ लाख ५८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा नौ हजार ४१४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २१ लाख ४८ हजार ४६७ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा चार लाख ३१ हजार २९७ जनाको मृत्यु भएको छ ।

यसैगरी, ब्राजिलमा ६३१ जना, रुसमा ४५६ जना, बेलायतमा ५९२ जना, फ्रान्समा चार सय ४५ जना, इटालीमा ४२० जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वभर ७ करोड २२ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ५ लाख २९ हजार २१० जना निको भएका छन् ।

 

Logo